आत्मकथा, “म मुखियाको हलि “

रबि पौडेल

मेरो परिवार मा चार जना सदस्य थियाै ।अामा ,म र दुई बहिनिहरु ।बाबा काे कुनै ठेगाना थिएन ।धेरै बर्ष पहिले लाहुरे हुन गएको उतै हराउनु भयाे ।अामा भन्नु हुन्छ कान्छि छाेरि जन्मेपछि भारत काे दार्जिलिङ मा छु भन्नू हुन्थ्यो ।केही पैसा अाउने मानिस सँग पठाउनु भएको पनि थियो ।पछि काेईलाखानि मा काम गर्छु भन्ने पत्र अाएकाे थियाे ।खाेई अहिले १५ बर्ष भयाे हराएको पत्तै छैन ।खाेजिनिति ,साेधपुछ गर्दा काेइला खानि मा गएको पहिराेमा पुरिनु भएको भन्ने थाहा भयाे अनि कर्म गरियाे ।यसरी याे कुरा अामाले भनिरहदा मलाई निकै नराम्रो लागेर अायाे ।बिदेश नजाने निधाे गरे ।

अब के गर्ने ? गाउँ मा एउटा मुखिया थिए ।बर्ष मा दुई मुरि अन्न दिने सर्त मा म हलि बसे ।अामाले पनि हुन्छ भन्नू भयाे ।हलि भन्नाले गाउमा हलाेजुवा बाेकेर एक हल गाेरु खेद्दै मेला मा जाने खेत वारि समय अनुसार जाेत्ने काम गर्ने लाई नै हलि भनिन्छ ।

मुखिया काे घरमा काम छउन्जेल अरु काे मा जाेत्न जान वा अरु काम गर्न पनि जान पाइदैन थियाे ।मुखिया काे घरमा काम सकेपछि मात्रै बल्ल अरुकाे घरमा काम गर्न छुट थियाे ।किन कि बर्षकाे दुई मुरि ले मलाई बन्धक बनाएको थियाे ।

चुहिने छानाे ,पिंडिका डिलहरु पनि भत्किएका छन ।राताे माटो जताततै छरपस्ट देख्न सकिन्छ ।घाम लाग्दा सिधै घाम भित्र पस्छ भने पानी पर्दा सिधै पानी भित्र पस्छ ।छानाे टाल्न पनि खर छैन ।किन्ने पैसा छैन ! अामा ले मेलापात गरेर केही ल्याउनुहुन्छ ।बेलुका राम्ररि खाने हाे भने बिहान लाई खान पुग्दैन ।मैले त मुखिया कहाँ खाएर अाँए अामा? थाेरै खा बाबू ! अामाले थाेरै भात र झाेल दिनु भयाे ।खान बस्न नपाउदै अामा उठेर बाहिर जानू भयाे दाउरा ल्याउन ।मैले सानि बहिनि लाई भाेलि बिहान खानु भनेर खाेपा मा राखिदिए ।बहिनिले सांकेतिक भाषा मा मुन्टाे हल्लाई ।म खुसि भएं ।मेरो साेच थियाे बिहान बहिनी ले सम्म नास्ता खान्छे !

अामा अाउनु भयाे ।खाईस बाबू ? अँ अामा खाँए ! खति छिटो खाईस त ? खाँए अामा !

घर निकै मर्मद गर्नुपर्ने थियाे ।अामाले लिपपाेत पनि  नगर्नु भएको हाेईन ? तर के गर्नु पानी अाउदा फेरि भत्काइ दिन्छ ।

मुखिया लाई भन्छु ! केही पैसा मागेर घर छाउन पर्याे । खर ,बाँस देखि छाउने लाई चिया नास्ता ,खाना सबै गर्दा दुई हजार भए पुग्छ हाेला ! मेरो अनुमान गरि अामा लाई साेधे ! दुई हजार ले पुग्छ अामा ? पुग्न त पुग्छ तर मुखिया ले दिन के गर्दछन ?

म बिहानै मुखिया काे घरमा गए ।मुखिया बा ! के ? काे …. काे हाे म हलि ? ए….किन अाईस ? मुखिया बा बाहिर अाउनु भयाे ।

मुखिया बा ! मलाई दुई हजार पैसा चाहियो ! किन ? घर टालटुल गर्नु छ ।

कहिले तिर्छस मुखिया कड्किए ! तिर्छु ! केही समय पछि ।

यदि तिर्न सकिनस भने के गर्ने ? यहि दुई मुरि अन्न बाट कटाउनु हाेला मुखिया बा ! साहु ले हुन्छ भन्याे ।

ए केटा कि अामा याे हलि लाई दुई हजार रुपैया दे ! अादेस दियाे ।

मुखिया ले कागज बनाउछ दुई हजार लेख्ने ठाउमा बीस हजार लेखेर सहिछाप लगाउछ र पठाउछ ।ल जा ! गएर घर मर्मत गर !

खुसि हुँदै म घर तिर लाग्छु ।अब घर छाउन पाइने भइयाे !

म घरमा पुगेर अामा हेर्नू त मुखिया ले दुई हजार दिनुभयाे ।अामा पनि खुसि हुनु भयाे ।र घर छाउने तयारी गरियो ।काम सम्पन भयाे ।

याे बर्ष देखि हामी सबै परिवार मुखिया काे घरमा नै काम मा अाउनु पर्थ्याे ।दुई बर्ष भयाे अब कति छ ।मुखिया ?
पछि हिसाब गराैंला !
खुरुखुरु काम गर !

हुन्छ मुखिया ! मैले भने ।

यसैबर्ष बहिनी पाेईला गई ।उतिखेर पाेइला गई भन्थे ।अाज जस्ताे लभ गरेर गई भन्ने चलन थिएन ।हुन त बिबाह गरेर दिने स्थित पनि थिएन जे गरि बहिनि ले ठिकै गरि भन्ने लाग्यो ।पहिले त धेरै दुख पाएँ दाजु भन्थि अहिले ठिकै छ भन्छे ।दुई वटा भान्जा भान्जि छन ।ज्वाइँ कतारमा हुनुहुन्छ ।

सानि बहिनी स्कुल जान्छे ।अहिले पाँच कक्षामा पढ्छे ।अामा र म मुखिया काे घरमा बन्धक जस्तै भई काम गरिरहेका हुन्छौं ।एक दिन बहिनी ले जिज्ञासा राखि ।अामा तपाईं र दाजु सधैं भरि किन मुखिया कहाँ काम गर्न जानुहुन्छ ? अामाले राम्ररि सम्झाउनु भयो ।थाेरै ज्ञान भए कि बहिनी ले मेसाे पाई हामी त अनपढ के थाहा ?

याे बर्ष साहु सँग हिसाब माग्ने ? यसरी सधै भरि एउटै घर काम गरिरहनु ठिक हाेृईन ? बरु दाजु ले हलि छाेड्नु परे छाेडिदिनु हुन्छ ।बहिनी ले भनी  ।

कति राम्रो कुरा थियाे ! मैले मनमनै कुरा खेलाए ! बहिनी लाई स्कुल पठाएर ठिक गरेछु जस्तो लागेको छ ।हुन त मुखिया ले बहिनी स्कुल नपठा बिग्रिन्छे भनेर धेरै पटक भनेको हाे ।मैले मानिन र स्कुल पठाए ।स्कुल पठाएर कैले राम्रो गरे भन्ने लागेको छ।

अाज सनिवार छुट्टि काे दिन ।दाजु अाज मुखिया कहाँ हिसाब माग्न जाने है ! हुन्छ बहिनी ! अामा लाई पनि भन ।म पाँच बजे मुखिया काे मा दाउरा चिरेर सक्छु त्यसपछि अामा लाई लिएर अाउनु है ! ल म अहिले गएँ।

मैले दाउरा चिर्दै छु ।मुखिया अाउछ र भन्छ ।पैसा तिरेर नसक्ने भईस धेरै बर्ष भयाे ।अब के गर्ने हलि ? मलाई मुखिया ले हलि भनेर बाेलाउने गर्दथ्याे ।म निसंकाेच मान्थे किन कि गाउमा हलाे जाेत्ने लाई हलि नै भनिन्थ्यो ।यसमा म रिसाउन चाहन्नथे ।तर प‌ैसा तिरेर नसक्ने भईस भन्ने शब्द ले पिरलाे पारेको थियाे ।

यत्तिकै मा झट्ट बाेले ! मुखिया बा! अाज पाँच बजे बहिनी र अामा अाउछन हिसाब गर्ने ल ! अहिले पर्दैन ! पछि गराैला ! काम गर्दै त जाअाे !

केही बेर भनाभन भयाे ।पछि मुखिया ले हुन्छ भन्याे ।अामा र बहिनी अाइपुगे ।समय ले पाँच   बजेको सङकेत पनि जनायो ।घाम अस्ताए ।साँझ पर्याे ।

ठाउँ ,मुखिया काे अागन ।म ,अामा बहिनी र मुखिया ।
यसाे हिसाब गरे झै गर्याे र मुखिया ले भन्यो ब्याज त सकिएछ हलि अब साँघु मात्र रह्याे !

हलि, साघुँ मात्र  सकिनु पर्ने ! के अझै दुई हजार ?

मुखिया ,दुई हजार ? अब बीस हजार बाँकी छ ।सबै दङग परे ।
हलि ,मुखिया बा मैले त दुई हजार लगेको हुँ त ! बीस हजार कसरी भयाे ।
मुखिया , बीस हजार हाे बीस हजार !
अामा दङ्ग हुदै घर छाउन त दुई हजार दिनु भएको हाे नि मुखिया ! याे बीस हजार कसरी भयाे ?
बहिनी ,मुखिया बा म पढ्न सक्छु ? के लेख्नु भएको छ !
पढेर के गर्ने ?” मुखिया चर्काे स्वर गर्न थाल्याे ।
बहिनी ले खाेसेर पढ्दा त त्यहाँ पहिले दुई हजार नै लेखेको तर पछि एउटा सुन्ना थपेर बीस हजार बनाएको बहिनी ले थाहा पाई

घटना ले ठुलाे रुप लियाे ,भनाभन ,झगडा गरेर म ,अामा र बहिनी घरमा गयाै ।

म अनपढ ,अामा अनपढ ! तर बहिनी ले पढ्न जान्ने भएको ले याे घटना बाहिर अाएकाे छ ।याे घटनाले बहिनी लाई बिद्राेह गर्न सिक्ने बनायो ।म खुसि छु ।हाे अन्याय काे बिराेध गर्नु पर्छ ।स्याबास बहिनी !

जिल्ला प्रसाशन र महिला सञ्जाल मा हामिले मुद्दा निवेदन दिएका छाै ।प्रशासनले छानबिन गर्दै छ ।महिला सञ्जाल र अरु धेरै मानिस हरुले हामीलाई साथ दिएका छन ।अब मुखिया लाई कार्यबाहि हुन्छ र हामीले न्याय पाउछाै कि भन्ने अाषा  पलाएकाे छ ।

हामीले मुखिया कहाँ धेरै मेहनत गरियाे ।दुख गरियो ।तर मुखिया ले हामीलाई ठगेर काम लिए काे हामीलाई थाहै भएन ।गरिबी ,अशिक्षा र विपन्नता काे फाईदा यसरी लिंदा रहेछन ।बल्ल थाहा भयो ।अनपढ, अनपेक्षित बर्ग काे लागि शिक्षा गाउँ गाउँ मा पुग्नुपर्छ अहिले सानि बहिनी ले सबैलाई यहि कुरा सिकाउछे ।

यसरी  मैले के थाहा पाएँ भने कमसेकम बहिनिलाइ स्कुल पठाउना ले अहिले मलाई सहयोग मिल्याे भन्ने लागेको छ ।त्यसैले सबै पक्षले अाफ्ना बालबालिका हरु लाई शिक्षा दिउ ! शिक्षा मा लगानि गराै ।बरु घर चुहिने र भत्केको किन नहाेस ।भाेकै बस्न पनि किन नपराेस ! त्यसकारण बालबालिका ,छाेराछाेरिले शिक्षा मा ,पठनपाठनमा ध्यान दिनु पर्छ ।अध्ययन ले अन्याय काे बिराेध गर्न सिकाउछ ।समाज परिवर्तनको लागि सहयोग गर्छ ।

रबि पाैडेल ,पाण्डेचरि

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित लेख

© 2021 Rastiya News All right reserved Site By : Himal Creation