भुन्टि  र गाेरख काे कथा ! समानता र गरिव काे राज्यसत्ता काे खाजि

[gtranslate]

रवि पौडेल
चारैतिर हरियालि ,बर्खा लागेको थियाे ।।बारिमा मा चारैतिर मकै ले सुत्ला छाेडेका थिए ।सबै लाई बर्खा लागेको थियाे ।अाकासे पानी अाएर मुल फुटिसकेका थिए ।अब खेत राेप्ने चटारो पनि शुरु हुन लागेको थियाे ।

तर भुन्टि र गाेरख काे घरमा कुनै चटारो थिएन खेतिपाति लगाउने बारेमा किन कि सम्पतिकाे  नाममा एउटा सानाे पानी चुहिने स्याउले घर थियाे ।
तर चटारो थियो केवल बिहान बेलुका कसरी गुजारा चलाउने भन्ने !

धेरै रात भाेकै सुत्नु परेको कथा भुन्टि ले अामा लाई सुनाइ ।भुन्टि काे दाइ गाेरख केही कमाउन सक्छु कि भनेर बिदेश गएको थियाे ।त्यो बिदेश भनेको दक्षिण तर्फ काे भुभाग मा पर्ने भारत नै थियाे ।एउटा हाेटल मा भाडा माझ्ने काम मुस्किलले पाएकाे छु भनेर चिठि पठाएको थियाे गुनासाहरु धेरै थिए ।तर पत्र साने थियाे । उसकि बहिनी भुन्टि  ले अामा लाई सुनाई ।

एकसराे कपडा लगाउन मुस्किल थियाे ।अाेड्ने अाेछ्याउने धेरै बर्ष पहिले साहुले दिएको पुरानो सिरक र डसना पनि राति मुसाले काटेर धुजा धुजा परिसकेका थिए ।अामा छाेरि ले जाडाे थाम्न तानतुन गर्दा कपडा काे टुक्रा नै हातमा अाउथ्याे ।

अर्कै काे मेला गर्नु पर्ने ! केही दिएछन भने खाने हाे भुन्टि  कि अामाले गुनासो गरिन ।भुन्टि  अब के गर्ने हाेला ? बाबु पनि बिरामी परि थला पर्दा कसैगरि बचाउन सकिएन ! बाबू नहुदा काे पीडा छाेरि ले सम्झिइ ।अामा लाई कति मुस्किल छ ? न राम्रो सँग खाना खानु छ ,न राम्रो सँग निदाउनु छ ।सबै दुख कस्ट गरेर हामीलाई न्यानो मायाले हुर्काउने अामा तपाईं महान हुनुहुन्छ ।भुन्टि  ले अामा सँग अब म पनि तपाईं सँग मेला जान्छु ! दुवै मिलेर काम गरियो भने बस्न खान र केही कमाउन सकिन्छ भन्ने भुन्टि ले ठहर गरिन !

अब याे बर्ष देखि अामा छाेरि दुवै ले काम गर्न गाउमा हिडे ।सबै खराब पनि त कहाँ हुन्छन र ? एकाद साहु हरुले ठगे पनि गाउँ ले ले सानि छाेरि लाई काममा नलगा पनि भने ,तर बाध्यता थियाे ।फेरि हिड्नै पर्ने काम गर्नै पर्ने! कसैले माया गर्दथे ।कपडा दिन्थे ,चामल ,दाल दिन्थे ।अाटाे पिठाे जे छ गाउले ले दिएकै छन ।अहिले गुजारा चलाउन सजिलो भएको मा अामा छाेरि खुसि पनि भए ।

यता दाजु गाेरख काे चार बर्ष भयाे ।कता छ थाहा नै भएन ।कहिलेकाही पत्र पठाउने  दाजु एकाएक हरायाे ।खबर न खाबर भयाे ।के गर्ने ? कसैलाई साेधपुछ गर्दा थाहा छैन भन्दछन ।के गर्दै छ गाेरख अामा ले मनमनै प्रस्न गरिन ।कतै उतै बिवाह गरेर बसेकाे छ कि ? कतै अप्ठ्यारो मा त परेन ?;यिनै चिन्ता ले अामा छाेरि लाई नै सताउन थाल्यो ।

अामा छाेरि सँगै काम गर्थे ।सँगै खान्थे ,सँगै हिड्ने ।कति रमाइलो महसुस भएको थियाे ।अाधा निध ,अाधा भाेक सहेर पनि पीडा मा डुवेर पनि मानिसको जीवन धान्न सबै अप्याराहरु चिर्दै अघि बढ्नु थियाे र बढ्दै थिए ।अामा का खुट्टामा चप्पल थिएनन ।भुन्टि ले कमाएको केही पैसा बाट अामा लाई चप्पल ल्याइदिई ।जीवन मा अामा ले पहिलो पटक चप्पल लगाउन थाल्नु भयाे ।

खास गरिर गरिबी विपन्नता र अशिक्षा काे कारण गाउँमा के भएको छ ?देशमा के हुदै छ ? परिवर्तन भनेको के हाे ? लाेकतन्त्र ,गणतन्त्र के हाे उनिहरुलाइ थाहा पनि थिएन ।थाहा पनि छैन ।कहिलेकाही साहुका छाेराले अाज जुलुस मा जाने कुरा गर्दा भुन्टिले सुनेकी थिई ।जुलुस के हाे ? किन जुलुस गरिन्छ  ? थाहै थिएन । यति बुझ्न सक्ने क्षमता पनि भुन्टिलाइ थिएन ।अनि बुझाउने मानिस पनि अाएकाे थिएन ।चुनाव मा भाेट सम्म पनि उनिहरुले कसैलाई दिएका थिएनन ।किन कि नेपाल काे नागरिक भए र पनि अहिलेसम्म उनिहरुले नागरिकता पाएका थिएनन ।
देशमा जन्मे पछि हरेक नागरिक ले बाच्न पाउने अधिकार हुन्छ ।लाेकतन्त्र मा सबै ले अाफ्नाे हक काे प्रयोग गरिनु पर्ने हाे तर भुन्टि र उनकि अामा लाई कुनै कुरा थाहै थिएन ।

गरिबी अशिक्षा र दुख काे भारि बाेकेका भुन्टि का अामा छाेरि लाई साेच्नै नसकिने एउटा डरलाग्दो घटना अाइलाग्छ ।

भुन्टि मलिन हुदै अामा भन्छे ! के भयो छाेरि उसले सबै कुरा अामा लाई बताउछे ।

अामा अब के गर्ने हाेला ? भनाै भने साहुले मार्ने पाे हाे कि ? बाेलिदिने र सुनिदिने काेहि छैन ! निर्धा निमुखा ,गरिव काे पक्षमा खासै न्याय पनि पाउने कुरा निकै कम हुन्छ ।त्यसमा पनि भुन्टि काे दाइ घरमा छैन ! निमुखा अामा छाेरि के नै पाे गर्न सक्थे र ! चुपचाप बसे ।

जब महिना हरु बित्तै गए ।भुन्टि लाई पर्नु पिर पर्याे ।अामा के गर्ने अब ! भुन्टि रुन थाली । गम्भीर प्रस्न थियाे ।निकै अन्याय भएको थियाे ।साहुकाे छाेरा मुन्द्रे ले उसलाई हप्काएर ,थर्काएर याे कुरा कसैलाई नभन्नु भनिस भने मारिदिन्छु भनेको थियाे ।यहि डरले अाफ्नि अामा लाई बाहेक अरु कसैलाई भन्ने हिम्मत थिएन ।

यस्ता र यस्तै खाल का घटनाहरु गाउमा समाजमा धेरै घटिरहन्थे ।साहु मुखिया हरुले शक्ति ,पैसा काे भरमा दवाउथे ।हेप्थे र मार्थे पनि !

भुन्टि लाई के डर थियाे भने उसले अरुलाइ भनी र साहुकाे छाेरा मुन्द्रे ले थाहा पायाे भने मलाई मार्छ ।अनि अामा एक्लै हुन्छिन !! यहि पिरले केही महिना सहेर बसि जब समय ले सिमा नाघ्याे ।अब लुकाएर लुक्ने कुरा थिएन  ।उसले सानै उमेर मा छाेरि जन्माइ ।चुपचाप दुख सुख हुर्काउदै गई । धेरै ले साेधे कसकाे हाे भनेर तर उसले बताउन चाहिन ।बताए मा उसले जीवन गुमाउनु पर्ने बाध्यता थियाे ।

त्यतिबेला अाजका जस्तै मिडिया थिएनन ।कुरा लुकाएर नै राखिन्छ ।दवाउने ,हेप्ने ,ठग्ने र मार्ने सम्म का घटना भएको भुन्टि लाई थाहा थियाे ।
भुन्टिले मुन्द्रे काे अत्याचार धेरै सहि ! लुकाइ ! फेरि पनि  उसले अत्याचार गरिरह्याे । अत्याचारको पनि सिमा हुन्छ ।अति नै भयाे ।याे कुरा गाउँमा एकजना सँग भुन्टिले अाफु साहुकाे छाेरा भुन्टे सँग बाट पटकपटक अन्याय मा परेको कुरा उसले जवरजस्ति गरेको कुरा एक जना गाउले लाई सुनाइ ।

गाउँ मा हल्ला भयाे भित्र भित्रै सबै लाई थाहा भयाे ।तर यसको बिराेध गर्न कसैले सकेनन ।सकुन पनि कसरी ? दुई बर्ष पहिला पनि यस्तै एउटा घटना मा १३ बर्षिया बालिका मुन्द्रे ले मारेको थियाे ।न सुनुवाइ भयाे ? न न्याय ? यसरी दवाइन्छ कि ।पाेलिस प्रशासन ठुला बडा का लागि मात्रै हाे ।पैसा मा बिक्ने कानुन !! कानुन काे उपहास उडाउने प्रशासन ! पैसा मा बिक्ने वकिल ! कसले पाे न्याय पाउछ र ! नपुङशक सरकार ! राज्य केवल कुर्सी काे लागि मात्रै छ ।गरिव ,दुखि र मजदुर हरुकाे पक्षमा हिजो पनि थिएन र अाज पनि छ‌ैन ।

मुन्द्रे ले अाखिर भुन्टिले गाउँमा भनेको कुरा थाहा पाउछ ।र उसले भुन्टि लाई ज्यान लिने याेजना बनाउछ ।उसले चलाखि पुर्ण तरिकाले भुन्टि लाई बाेलाउछ। र अनि बिवाह गर्ने र भाग्ने भनेर सल्लाह गर्छ ।भुन्टिलाइ झुक्याएर टाडै लिएर जान्छ ।चरम अन्याय गर्छ ।पीडा दिन्छ र कतै जङ्गल मा लगेर ज्यान लिन्छ ।मट्टीतेल र अागाेकाे सहाराले भुन्टि काे नाम निसाना मेटाइदिन्छ ।पापि मुन्द्रे ! उ राक्षस थियो ! पैसाले मातेकाे थियाे ।अरुलाई  सधैं अन्याय मात्रै गर्दै अाएकाे थियाे ।

केही समय पछि गाउँमा ठुलो हल्ला खल्ला भयाे ।दुई जना हराएको कुरा अायाे।के भयो ? कहाँ छन ? विभिन्न प्रस्नहरु अाए तर कसैको केही लागेन ।प्रहरी ,प्रशासन ,वकिल साहुकै हातमा थिए  न्याय पाउने कुरा थिएन !

भुन्टि कि अामा राेइ कराइ ! अाधा जीवन सकिन लाग्यो ! सुनिदिने काेइ भए न ? अामा काे चीत्कार ले धर्ती थर्कियाे ! अाकाष गुन्जियाे ! अामा काे मुटुेले चीत्कार छाड्याे ! अाँसु बगे ! थकान लाग्यो ! मुर्छा परि राेइरहिन तर एउटि नारि काे अावाज कसैले सुनेन ? धिक्कार छ राज्य ? धिक्कार छ प्रशासन ,वकिल र कानुन !! गाउँ समाज मा  र देशमा यस्ता अनगिन्ती घटनाहरु छन ।जहाँ कुनै सुनुवाइ छ‌ैन ! काला कानुन हरु !! अन्यायि शाषक ,अन्यायि समाज !

भुन्टि कि अामा लाई ठुलो बज्रपात पर्छ ।अाफ्नाे श्रिमान गुमाउनु ,छाेरि गुमाउनु र छाेरा हराउनु ।एउटा नारि माथि ,एउटि अामा माथि यति ठुलो बज्रपात ?

धेरै पछि गाेरख लाई थाहा हुन्छ ।गाउँमा अामा अन्याय मा परेको ,बहिनी साहुकाे छाेरा मुन्द्रे ले मारेको ।सानि भान्जि लाई लिएर अामा विलाप मा भएकाे खबर ले उसलाई रिस उठ्छ ।

गाेरख पनि हाेटेल मा मालिक द्वारा बन्दी बनाइएको थियाे ।दस बर्ष देखि मालिक ले बाहिर निस्कन दिएको थिएन ।तनखा पनि एकै पटक दिन्छु ।तिमी घर जाने समय मा खाता खाेलेर राखिदिएकाे छु भनेर मालिकले गाेरख लाई झुक्याएकाे थियाे ।

एक दिन उसले म घर जान्छु भन्याे !

मालिक ले जान पाउदैनस भन्याे ।

गाेरख ले अहिलेसम्म काे तनखा माग्याे ।मालिकले दिएन भनाभन भयाे ।

गाेरख तीन दिन देखि तनाब मा छ ।एकातिर बाबु नहुदा का दुख का दिनहरु ,अर्कोतिर महिनि साहु मुन्द्रे ले पेट्रोल छर्केर मारेको खवर अर्कोतिर अामा काे दुख कस्ट र विलाैना ले गाेखर के गर्ने ? के नगर्ने ? मुस्किल मा थियाे ।

गाेरख ले घरमा जसरि पनि जाने र महिनि काे हत्याराे लाई बदला लिने निधाे गर्याे !
तर ,
चारैतिर गुण्डाहरु लगाएर मालिकले निगरानीमा राखेको थियाे ।कतै गाेरख नभागाेस ?

मालिक लाई पनि के डर थियो भने कतै याे भागेर गयो र बाहिर सबैलाई भन्यो भने अाफ्ना काला कर्तुतहरु छताछुल्ल हुने डर थियाे ।त्यसकारण मालिकले गाेरख लाई दशाै बर्ष सम्म काे ज्याला नदिइ बन्दी बनाएको थियाे ।

बहिनी भुन्टे लाई साहुकाे छाेरा मुन्द्रेले अरु दुई जना गुण्डाहरु काे सहायताले चुरे जङ्गल काे फेदीमा लगेर मारेको कुराले निकै पिर परेको थियाे ।अति अमानवीय र पासबिक तरिकाले मारिएकि बिहिन भुन्टि काे तस्वीर अाखाँ वरिपरि घुम्न थालेको दृश्यले गाेखर लाई निकै छट्पटी भएको थियाे ।

उ अब जसरि पनि हाेटेल बाट भाग्न चाहन्थ्याे ।

गाेरख भाग्ने कुरा मालिकले थाहा पाउछ ।

त्यसै रात हाेटल मालिक उसका गुण्डा हरु मिलेर घाँटी थिचेर  गाेरख काे हत्या हुन्छ ।गाेरख काे बहिनी भुन्टि का हत्यारा लाई बदला लिने अठाेट समात्न भएर जान्छ ।

हाेटमा हल्ला खल्ला हुन्छ ।पाेलिस प्रशासन ले नाटक मञ्चन गर्दछन ।रिपोर्ट तयार गरि गाेरख ले रसि लगाई अात्महत्या गरेको भनेर अाफन्तकाे खाेजि बिना नै दाहा संस्कार गर्ने तयारी गर्दछन ।तर मिडिया ले पत्रिका मा फाेटाे छाप्छ  ।हिन्दी भाषामा “कसैले चिनेको भए मृतक गाेरख काे सब बुझिलिनाेस भनेर ”
यसकाे असर भारत मा वरिपरि काम गर्ने नेपाली सङ संस्थाले थाहा पाउँछन् । र भारबासि नेपाली हरुका अभिभावककिय सङगठनहरुले हाेटल मालिक बिरुद्ध मुद्दा लगाउछन ।क्षतिपूर्तिको माग गर्दछन र दाेशिलाइ कार्यबाहि काे प्रक्रिया अघि बढ्छ ।
पत्रिका मा छापिएको फाेटाे ले हाेटल मालिक लाई अप्ठ्यारो मा पार्छ ।

हुन त उ जसरि पनि बचेको हुन्न ।जसलाई मार्न लगायाे अाखिर उनिहरु लाई नै कबुलियत गराइ पैसा मा किन्छ र उनिहरु लाई नै फसाउछ ।

भारत मा नेपाली हरुकाे सङगठित अावाज भएको ले सामाजिक भावना भएको हुनाले यस्ता घटनाहरु मा धेरै ले सहयोग पाउने गरेको पाइन्छ ।

उता भुन्टि कि अामा पति बियाेग ,छाेरिकाे हत्या र अहिले छाेराकाे हत्या काे पिरले छटपटाइ रहेकि हुन्छिन ।बाचेर पनि मरेको जस्तो जिन्दगी हुन्छ ।

हात जाेडेर न्याय काे प्राथना गर्दछिन ,रुने कराउने र सहयोग काे अपिल गर्दै बर्षाै बितिसक्दा पनि न्याय मिल्दैन ।सबै सपना हरु भत्किन्छन ।अप्ठ्यारो जीवन नातिनि काे पिर ले फेरि सताएको हुन्छ ।सबै मनका अाकांक्षा हरु जलेर खरानी हुन्छन ।यता गाेरख काे मुद्दा त काेट सम्म पुगेको छ ।छाेरि भुन्टि काे मुद्दा भने अहिलेसम्म दायर पनि हुन सकेको छैन ।
गाेरख काे फैसला अाउन बाँकी छ !

याे समाज ! मानवता गुमाएका मानिसहरु ! हेपिएका नागरिक ,दविएका अावाज ,बिकाउ पाेलिस ,प्रशासन ।अन्यायि अदालत ! अहङकार बाेकेका मानिसहरु ! महिला माथिकाे यति ठुलाे अन्याय ! गरिबी माथि काे हेलचक्राइ ,झुट !यसकारण पनि अब भुन्टिकाे कुनै खाेजि हुन सक्दैन भन्ने कुरा ले भुन्टि कि अामा बिलाप मा पर्दछिन ।

र भन्छिन यस्तो अबस्था कसैलाइ पनि नअाअाेस !
समानता र गरिव काे राज्यसत्ता छिटै अाअाेस ।
धन्यवाद ।
रबि पाैडेल

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?