मार्क्सवाद भनेको के हो?यस्ले कस्को प्रतिनिधित्व गर्छ?

माक्र्सवादले कार्ल माक्र्सको विचार पद्धतिलाई जनाउँछ । यसले कार्ल माक्र्सका विचारहरुको समष्टिगत सारलाई जनाउँछ । उक्त विचार पद्धतिका प्रतिपादकहरु माक्र्स र एङ्गेल्स दुवै भए पनि त्यसको नामकरण माक्र्सको नामबाट हुन गएको हो । माक्र्सवादी विश्व दृष्टिकोणको निर्माणमा माक्र्सको भूमिका निर्णयक रहेको थियो, त्यसैले सो नाम रहनुलाई एङ्गेल्सले उचित ठानी महान्ता देखाएका थिए । एङ्गेल्सकै सहमतिमा सो विचार पद्धतिलाई माक्र्सवाद नामकरण गरिएको थियो । माक्र्सवादबाट एङ्गेल्सका योगदानहरुलाई निकालिदिने हो भने त्यो बिलकुल अपूरो र अधुरो हुने छ । माक्र्सवादको उत्पत्ति र विकासमा एङ्गेल्सका महत्वपूर्ण योगदानहरु छन् । भ्लादिमिर इलियच लेनिनको नाम माक्र्सवादको पुरकको रुपमा रहेको छ । लेनिनवादविना माक्र्सवादको गति अवरुद्ध हुन पुग्दछ । लेलिनवादलाई माक्र्सवादकै विकसित व्याख्याको रुपमा मानिन्छ । माक्र्सवाद र लेनिनवाद भन्ने दुईवटा शब्दहरुले माक्र्सवादको उद्भाव र विकासलाई जनाउँछ । माक्र्सवादको विकास शून्यबाट भएको होइन, बरु उपर्युक्त ज्ञानका क्षेत्रहरु पहिलेको विकासद्वारा प्राप्त उपलब्धिहरुलाई आत्मसात् र नयाँ आधारमा तिनको विकास गरी त्यसको उत्पत्ति भएको हो । माक्र्सवादी विचारधाराका तीनवटा स्रोतहरु रहेका छन् । दर्शनको क्षेत्रमा जर्मनशास्त्रीय दर्शन, आर्थिक सिद्धान्तको क्षेत्रमा शास्त्रीय पूँजीवादी राजनीतिक अर्थशास्त्र र समाजवादको क्षेत्रमा १९ औँ शताब्दीको काल्पनिक समाजवाद माक्र्सवादी विचारधाराका प्रमुख स्रोतहरु हुन् । यसरी दर्शन, अर्थशास्त्र र समाजवाद माक्र्सवादका तीन प्रमुख घटक तथा अभिन्न अङ्ग हुन् । तीमध्ये कुनै पनि एउटा घटक माक्र्सवाद होइन र रहँदैन । अर्थात् अर्को शब्दमा माक्र्सवाद मात्र दर्शन होइन, मात्र आर्थिक सिद्धान्त होइन र मात्र वैज्ञानिक समाजवाद होइन । माक्र्सवाद ती सबैको एकताबद्ध रुप हो, एउटा सिङ्गो मेल हो । दर्शन, अर्थशास्त्र र वैज्ञानिक समाजवादका सिद्धान्तहरुबाट बनेको सिङ्गो एकतामा माक्र्सवादको शक्ति, जीवन्तता र सत्य गाँसिएको छ । माक्र्स र एङ्गेल्सद्वारा प्रतिपादित द्वन्द्वात्मक भौतिकवाद माक्र्सवादी सिद्धान्तको दार्शनिक आधार हो भने तिनीहरुको आर्थिक सिद्धान्त त्यसको आर्थिक आधार हो । वैज्ञानिक समाजवादका सिद्धान्त दार्शनिक तथा आर्थिक आधारहरुमा उभिएको छ । उक्त आधार पाएर नै समाजवादी सिद्धान्त एउटा विज्ञानमा फेरिएको छ । उपर्युक्त तीन सिद्धान्तहरुको आन्तरिक, ठोस एकताबाट बनेको एउटा एकीकृत, सिङ्गो, सुसङ्गत तथा वैज्ञानिक विश्व दृष्टिकोण हो माक्र्सवाद । सन् १८४८ मा काल माक्र्स र पे्रmडरिक एङ्गेल्सले कम्युनिष्ट घोषाणापत्रमार्पmत् माक्र्सवादको प्रतिवादन गर्नुभयो । त्यसपछि माक्र्सवाद सर्वहारा श्रमजीवी वर्गको मुक्तिको सैद्धान्तिक हतियार बन्न पुग्यो । विश्व सर्वहारा श्रमजीवीवर्गले माक्र्सवादभित्र आफ्नो वर्गको मुक्तिको अचुक बौद्धिक हतियार भेट्टायो । सर्वहारा श्रमजीवीवर्गको मुक्तिको सैद्धान्तिक, वैचारिक रुपमा मार्गदर्शन गर्ने माक्र्सवाद–लेनिनवादबाहेक अर्को कुनै वैज्ञानिक एवम् क्रान्तिकारी सिद्धान्त छैन । माक्र्सवादी एक वैज्ञानिक दर्शन, राजनीतिक अर्थशास्त्र र समाज विज्ञान हो । यसले जीवन र जगत्लाई द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादी ढङ्गले हेर्ने, बुभ्mने र व्याख्या गर्ने र संसारको परिवर्तनको नियमको बाटो देखाउने काम गर्ने भएकोले यो सर्वहारा श्रमजीवीवर्गको मुक्तिको सिद्धान्त बन्न पुग्यो । माक्र्सवाद जीवन र जगत्को अध्ययन गर्ने एक वैज्ञानिक पद्धति भएकोले यसले प्रकृति, जीवन, समाज र चिन्तनका चालकका आम नियमहरुको अध्ययन गराउने र संसारलाई जस्तो छ त्यस्तै यथार्थ रुपमा बुभ्mने, बुझाउने एवम् संसारलाई परिवर्तन गर्ने तरिकाहरुको बोध गराउने काम गर्ने भएकोले यसलाई द्वन्द्ववादी पद्धति भनिन्छ । माक्र्सवाद एक व्यावहारिक विज्ञान हो । माक्र्सवादको आधार भनेको समाज र व्यक्तिको अस्तित्वको लागि आवश्यक भौतिक वस्तुहरुको उत्पादन हो । विभिन्न कालखण्डहरुमा समाजका रुपहरु बदलिन्छन् तर उत्पादन कुनै पनि समाजको अस्तित्वको लागि पहिलो तथा मूल पूर्वाधार हो भन्ने कुरा माक्र्सवादले सैद्धान्तिक रुपले पुष्टि गरेको छ । माक्र्सवादले एउटा सामाजिक अवस्थाको ठाउँ अर्को समाज व्यवस्थाले लिने क्रममा समाजको द्वन्द्वात्मक नियमहरुको पुष्टि गर्छ । यी नियमहरु वस्तुगत हुने भएकोले ती मानिसको इच्छामा निर्भर हुँदैनन् तर यी नियमहरुलाई उपयोग गर्न भने मानिसले सिक्नै पर्दछ । माक्र्सवाद मानवीय विज्ञान पनि हो किनभने यसले सबै जनतालाई शोषण र उत्पीडनका विरुद्ध सामाजिक न्यायको विजयका निम्ति राष्ट्र–राष्ट्रबीच मैत्रीभावको लागि सम्बोधन गर्दछ । माक्र्सवादको अध्ययन गर्नु र यसलाई व्यवहारमा लागू गर्न जान्नु, जनताको सुखको बारेमा सोच्न चाहने हरेक प्रगतिशील व्यक्तिको परम कर्तव्य हो । विज्ञानको सत्यको ज्ञानले मात्र मानिसलाई गलत मूल्याङ्न गर्न मात्र होइन, सबभन्दा महत्वपूर्ण कुरा यसले आफ्नो ज्ञानलाई व्यवहारमा लागू गर्न सिकाउँछ । माक्र्सवाद मानिसका व्यावहारिक क्रियाकलापसँग सम्बन्धित छ । मानिसको दैनिक जीवनले यो तथ्य स्पष्ट पारेको छ कि वस्तु र परिघटनाहरु मानव चेतनाबाट स्वतन्त्र हुन्छन् । विश्वभरका बहुसङ्ख्यक मानिसलाई दर्शन शास्त्रको कुनै ज्ञान नभए पनि यथार्थमा भौतिकवादी दृष्टिकोणद्वारा उसलाई निर्देशित गरेको हुन्छ भन्ने कुरा माक्र्सवादले पुष्टि गरेको छ । माक्र्सवाद आजको युगको सबभन्दा उन्नत विज्ञानसँग सम्बन्धित दर्शन हो । विज्ञान सजीव प्रकृतिबाट उत्पन्न भयो, जीवनको उत्पत्ति हुन अर्बौँ वर्ष लाग्यो र त्यसपछि मात्र स्वयम्लाई र प्रकृतिलाई बुभ्mन सक्षम प्राणी अर्थात् मानिसको उत्पत्ति भयो भन्ने कुरा माक्र्सवादले प्रमाणित गरिदिएको छ । भौतिकवादले दर्शनका तथ्य र प्रमाणहरुको आधारमा के टुङ्गोमा पुग्न सकिन्छ भने माक्र्सवाद प्रगतिशील दृष्टिकोण हो । माक्र्सवाद प्रगतिशीलतामा आधारित द्वन्द्वात्मक भौतिकवादी दर्शनसमेत भएकोले माक्र्सवादलाई जीवन दर्शनका रुपमा ग्रहण गरेर मात्र मानिस प्रगतिशील हुन्छ । प्रगतिशील व्यक्तिहरुले सही रुपमा सोचेर मात्र हुँदैन, उसले आफ्ना विचारहरुलाई व्यवहारमा लागू गर्नुपर्दछ । सुन्दरभन्दा सुन्दर विचारहरु कार्यमा परिणत गरिएन भने त्यो निरर्थक सावित हुन्छ । मानिसले सही विश्व दृष्टिकोण अपनाएर विचारहरुलाई लागू गर्न दृढ भएमा मात्र उसले आफ्ना आदर्शहरुका निम्ति प्रभावकारी रुपमा बुभ्mन सक्छ र व्यवहारमा उतार्न सक्षम बन्दछ । माक्र्सवाद द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी विश्व दृष्टिकोणमा आधारित छ । मानिसको वरिपरिको संसार, यस संसारको विकासका नियमहरु, यी नियमहरुको जानकारी गराउने तरिकाहरुको सुसङ्ंगठित दृष्टिकोणहरुको प्रणालीलाई नै माक्र्सवादी दर्शन भनिन्छ । माक्र्सवादी दर्शनले मानिसमा संसारका बारेमा व्यापक र उचित दृष्टिकोण राख्न सिकाउने, यसले अति सूक्ष्ममा पनि विशाल कुरा देख्न सिकाउने, यस चिन्तन प्रक्रियाको विकासमा मानव चिन्तनलाई बढी लचिलो र तीक्ष्ण बनाउनुका साथै यसले गति शून्यता र रुढिवादप्रति असहिष्णु बन्न सिकाउने र मानिसमा नयाँ मूल्य, मान्यता र भावना जागृत गराउने भएकाले माक्र्सवादी दर्शनको व्यावहारिक महत्व व्यापक बन्न पुगेको छ । विश्वको क्रान्तिकारी रुपान्तरण गर्ने ऐतिहासिक जिम्मेवारी बहन गरिरहेको सर्वहारा श्रमजीवीवर्गको प्रयासलाई माक्र्सवादी दर्शनले सैद्धान्तिक न्यायोचितता, आधार र निर्देशन प्रदान गरेको छ । त्यसमा सर्वहारा श्रमजीवीवर्गले खासमा संसारलाई ठीकसँग बुभ्mने र त्यसलाई फेर्ने एक अचुक अस्त्र भएको छ भन्दा अतिशयोक्ति नहोला । जसले संसारलाई फेर्न चाहन्छ, त्यसले फेर्ने वैज्ञानिक तरिका र पद्धतिलाई जान्नुपर्दछ । नयाँ यथार्थको निर्माण गरेर नयाँ संसार निर्माण गर्न चाहनेहरुले संसारलाई यथार्थ धरातलमा उभिएर बुभ्mनुपर्दछ । यही सामथ्र्य र यही ज्ञान माक्र्सवादी दर्शनले मात्र उनीहरुलाई दिन्छ । कम्युनिष्टहरुले माक्र्सवाद–लेनिनवादलाई आफ्नो विश्व दृष्टिकोण बनाएका हुन्छन् र उनीहरुले माक्र्सवाद–लेनिनवादलाई आफ्नो जीवन दर्शन र जीवन पद्धतिको रुपमा ग्रहण गरेका हुन्छन् । माक्र्सवादी–लेनिनवादीहरु वास्तवमा यथार्थसित र यथार्थलाई फेर्ने सङ्घर्षमा लाग्ने मान्छे हुन् । उनीहरुका लागि जीवन कठिन सङ्घर्षको एउटा क्षेत्र बनेको हुन्छ । यस्तो क्षेत्र जहाँ विपन्न र सम्पन्नहरुका बीचमा, शोषित र शोषकहरुका बीचमा, थिचिने र थिचाहाहरुको बीचमा सधैँ सङ्घर्ष जारी रहन्छ । हाम्रो वर्तमान समाज पनि यस परिस्थितिबाट मुक्त छैन । वर्तमान यथार्थलाई फेर्नका लागि कुन कुरा अति आवश्यक छ भने एउटा क्रान्तिकारी कम्युनिष्टले त्यसलाई सही ढङ्गले बुभ्mनका लागि त्यसलाई फेर्न सङ्घर्षका अवस्थाहरुबारे र सफलताका लागि अपनाउनुपर्ने बाटोबारे स्पष्ट जानकारी राख्न सक्नुपर्दछ । संसारका बहुसङ्ख्यक जनतालाई थाहा छ, माक्र्सवादी–लेनिनवादी सिद्धान्त संसारलाई बुभ्mन र फेर्नका लागि एउटा अपरिहार्य साधन हो । यस दृष्टिकोणले मात्र उसलाई आफ्नो व्यावहारिक, राजनीतिक तथा सामाजिक क्रियाकलापमा महत्वपूर्ण सहयोग पु¥याउँछ । जुन परिस्थितिमा आबद्ध भएर काम गरिन्छ, सो परिस्थितिलाई ठीकसित र राम्ररी बुभ्mने, भविष्यका सम्ंभावनाहरुलाई ठीक ढङ्गले देख्ने, बुभ्mने, विश्लेषण गर्ने र सही ढङ्गबाट सङ्ंगठित रुपमा सञ्चालित गर्ने जस्ता काममा माक्र्सवादी–लेनिनवादी विश्व दृष्टिकोणले ठूलो मद्दत गर्छ ।लेखक नरेन्द्र ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित लेख

© 2021 Rastiya News All right reserved Site By : Himal Creation