मसाल का महामन्त्री मोहनविक्रम सिंहको स्वास्थ्य अवस्थामा सुधार हुँदै

[gtranslate]

नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहको स्वास्थ्य अवस्थामा सुधार हुँदै गएको छ । कोरोना संक्रमणका कारण ह्याम्स अस्पताल भर्ना हुनुभएका सिंह खतरामुक्त रहनुभएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

सिंहको ज्वरो र अक्सिजनको मात्रा सामान्य अवस्थामा छ । तर, सुगरको लेभल बढेको चिकित्सकलाई उदृत गर्दै राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष एवम् सिंहकी पत्नी दुर्गा पौडेलले जानकारी दिनुभएको छ।

उहाँ पहिल्यैदेखि सुगर र थाइराइडबाट पीडित हुनुहुन्छ । अहिले सुगरको मात्रा बढेसँगै इन्सुलिनको मात्रा बढाइएको छ भने अरु नियमित औषधि दिइएको छ । गएराति उहाँलाई निद्रा नलागेको पौडेलले बताउनुभयो ।

उहाँलाई गएको सोमबार गरिएको पीसीआर परीक्षणका क्रममा संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमणका कारण ज्वरो र खोकीले असहज महसुस भएपछि बुधबार ह्याम्स अस्पताल भर्ना गरिएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?