२४ घण्टामा ८ हजार ५२० जनामा कोरोना संक्रमण पुष्टि ,२०३ को मिर्त्यु

२४ घण्टामा ८ हजार ५२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ९४८ जनाको पीसीआर र ५३० जनाको एन्टिजेन परीक्षण भएकोमा ८ हजार ५२० जनालाई संक्रमण पुष्टि भएको हो।

जसमध्ये ८ हजार ४६७ जनाको पीसीआर परीक्षणमा संक्रमण पुष्टि भएको हो भने ५३ जनाको एन्टिजेन पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ।

आज २०३ जना संक्रमितको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ४ हजार ६६० पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या ६ हजार १५३ रहेको छ। हालसम्म ३ लाख २७ हजार ६५३ जना संक्रमणमुक्त भएका छन्।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित लेख

© 2021 Rastiya News All right reserved Site By : Himal Creation