विद्यार्थी दिवसको सन्दर्भमा छैठौंको २०५६ को पूर्बी अभियानको सम्झना

रामबहादुर बुढा

आज जेष्ठ १ गते विद्यार्थी दिवसका सन्दर्भमा सबै विद्यार्थी साथीहरुलाई हार्दिक शुभकामना छ।कोभिडको यो महामारीमा बचौ र बचाऔ।यो फोटो २०५६ भाद्रमा खिचिएको धनकुटाको मूलघाट नजिकैको तमोर नदीको पूल हो।बिराटनगरमा राष्ट्रिय परिषद वैठक र प्रशिक्षण पछि अभियानमा हिडेको धनकुटाको पूर्बी टोली हो।फोटोमा नरेश आले डोटी,उमेश थापा बागलुङ ,कृष्ण भण्डारी धनकुटा कुरुले ,मदन राई धनकुटा छिन्ताङ,रामबहादुर बुढा प्युठान,भाषा शर्मा बागलुङ,कमला थापा बागलुङ ,कृष्ण शर्मा बागलुङ ,लोकेन्द्र खड्का खोटाङ ,, तामाङ उदयपुर लगायत हामी।

यो फोटो बिहानमा खिच्यौ।हिजो बेलुकी जस्तो मूल घाटमा बास भयो।एकता समाजबाट आएका एकजना राई वा लिम्बू साथीको घर थियो। अहिले पनि म धनकुटा जादा मूल घाटको त्यो बास सम्झन्छु।बेलुकीमा केही गाउलेलाई राखेर कार्यक्रम गर्यौ।मैले छोटो भाषण गरे।मलाई सम्झना छ खगेन्द्र सङ्रौलाको “तमोर नदीकोकिनारै ” कथाबाट मैले आफ्नो कुरा सुरु गरेको थिए।कृष्ण भण्डारी र भाषा शर्मा हाम्रो टोलीका कलाकार। भण्डारीको निकै मीठो स्वर थियो।”खोकु छिन्ताङ दुख्यो कि अरुण सुसाउदा मन तिम्रो रुन्छकी दुख बिसाउदा “!

मैना बुधुक स्कुलमा सङ्गठन बनाएर डाडाबजार तिर लाग्दा रात पर्यो,घनघोर बर्षात भयो ।त्यो बर्षात सबै हाम्रो शरीर माथी थियो।म सङ्ग एउटा बाबाले भारत तिर बाट लिएको एउटा थोत्रोजीप लाईट थियो। पिलपिल मात्र गर्थ्यो।अध्यारोमा एउटाले अर्कोलाई समाएर कमिला जस्तै हिडेका छौ । झिपिक्क बिजुली चम्किदा छिटो छिटो पाइला चाल्छौ।एक पटक उदयपुरको तामाङ साथी ढिकबाट खसेछन।खोटाङेले भन्छन गयो गयो उदयपुरे।घिर्सिदै फेरि टोलीमा आए।जुकाशरीर भरी ।जुका फाल्ने कि हिड्ने? कति गाह्रो? राती बाह्र बजे तिर साथीको घर पुग्यौं ।रक्तिमको केन्द्रिय सदस्य र शिक्षक साथीको घरमा पुग्दा साथी हुनुहुन्थेन ।आमा ,दिदीहरुलाई उठाइयो।जुकाहरु शरीर भरी फलेका थिए।आगो र खरानिमा जुकाहरुको ब्यबस्था गरियो। त्यो रातिमा खाना कहाँ पाउनु मकै भुट्न लगाएर जेनतेन काम चलाइयो।सुत्दा २/३ बजेको थियो।बिहान घाम लागे पछि भिजेका किताब डायरी सुकाउन लागियो।डाडाबजारको स्कूलको कार्यक्रम सकाएर अरुण बरालजिको दिदीको घर गएर बास बसियो।

विद्यालयमा गयो।विद्यार्थीहरुलाई प्रशिक्षण गर्यो।सङ्गठन गर्यो।सदस्यता वितरण गर्यो।शिक्षक हरु शीत स्कूलको समग्र रिपोर्ट लियो।सम्भब भए सम्म सास्कृतिक कार्यक्रम गर्यो। भाषा शर्माको नाच,अनि खोटाङे लोकेन्द्रको थाली नाच ।बाटामा हिड्दा नरेश आलेको देउडा।कथित राष्ट्रिय गान जलाउने कार्यक्रम ।कुरुलेको स्कूलमा हामी हिडे पछि हेडमास्टरले रास्टृय गान किन जलाएको भनेर नवराज ढुङ्गानालाई कुट्नुसम्म कुटेछन।रुदै रुदै धनकुटा सदरमुकाम आएर मानव अधिकारवादीहरुलाई गुहार्नु पर्ने भएछ उहालाई।पछि मात्र त्यो थाहा भयो।
कुरुलेबाट तमोर तरेर सदरमुकाम आउने भनी हिडेका हामी घनघोर बर्षातका कारण अगाडि बढ्न सकिएन।नदीको किनारमा पुग्यौं ।तमोर उर्लिएको छ।माझीहरुले आट गर्न सकेनन।भोलि बर्षात कम भए पछि तरौला भनेर दुई माझीलाई पनि हामी सितै राख्यौं ।सानो गाउँ थियो।कृष्ण भण्डारी स्थानीय हुनु भयो र हाम्रो टोली नेता पनि ।छाता ओढ्दै चामल ,दाल खरिद गरेर ल्याउनु भयो।पकाएर खाइयो।बाँस मागेर बाँस बसिइयो।रात भरी पानी पर्यो।

अर्को दिन घाम लाग्यो।कहिलै डुङ्गाबाट नदी नतरेको उर्लेको तमोरमा डुङ्गा माथी हामी हुपिहुप्पि हुँदै तमोर तर्दा कम्ता डर लागेन ।मुटुले ठाउँ छाड्यो।नदी पार भए पछि ठूलो युद्ध जिते जस्तो भयो।माझीहरु फर्केर गए।उनीहरु पल्लो किनार गए।हात हल्लाउँदै हामी तेह्रथुमको भूमी टेक्दै धनकुटा सदरमुकाम तिर लाग्यौं । धनकुटा गोपाल बि .क. जि को घर पुग्दा धेरै रात परि सकेको थियो।त्यो बेलुकी पश्चिम धनकुटाको कृष्ण अधिकारीको टोलीशीत भेट हुने सल्लाह थियो।तर त्यो टोली आउदै आएन र बिहान पनि आएन।

पछि बिहानमा थाहा लाग्यो कि धनकुटाको छिन्ताङमा राष्ट्रिय गान जलाएको आरोपमा टोली सदरमुकाम आइपुग्दा बित्तिकै कृष्ण अधिकारी र मातृका राईलाई प्रहरीले गिरफ्तार गरेछ।बाकी साथीहरु उतै बजारमा बसेछन।त्यतिबेला मसालको पूर्बी नेपालको इन्चार्ज केशब नेपाल बिराटनगरबाट धनकुटा पुग्नु भयो।डि एस पि कार्यालयको प्रतिक्षालयमा चिया खादै कुरा भयो।

केशब नेपाल- तपाईले यो ज्यादती नगर्नुस डि एस पि साहेब ।

डि एस पि – अहिले राष्ट्रिय गान जलाए ।भोलि नेपालको झण्डा जलाउलान ।सम्विधान र राष्टृयताको रक्षा गर्ने जिम्मा लिएर बसेका हामी चुप लागेर बस्न सक्दैनौ।

केशब नेपाल- तपाइहरुको ज्यादतीले गर्दा पस्चिममा माओवादी जन्मियो।तपाईं यस्तै कुरा गर्नु हुन्छ भने हामीले तपाईलाई छाड्दैनौ।

डि एस पि (हास्दै)- तपाइहरुको अहिले नै जङ्गल जाने कार्यक्रम त छैन होला! तपाइहरुले युद्ध सुरु गर्दा सम्म म रिटायर भैसक्छु।

केशब नेपाल – रिटायर भए पनि अन्याय गर्नु भयो भने घरै गएरपनि छाड्दैनौ।

डि एस पि -कागज गराउनुस तपाइको मान्छे लिएर जानुस ।

कृष्ण अधिकारीलाई पनि बाहिरै बोलाएर हामी सित भेट गरायो। अधिकारीले कागज गर्ने कुरा भएन ।कृष्ण भण्डारी ,म सहित सि डि यो लाई भेट्न गयौं ।त्यहा डि एस पि ले सिडियोलाइ चलाउदो रहेछ ।हाम्रो कुरा सुन्दै सुन्दैन। मदन चोकमा आएर बिरोध सभा गर्यौ।म सहित केही साथी बोल्यौ। शिला नेपाली लगायतका साथीहरुले हामीलाई बस पार्कबाट बिदा गर्नु भयो।राती अबेर तिर धरान झर्यौ।धरानको धर्मशालामा आइपुग्दा भोक लागिरहेको छ ।खाना पकाउन बल्ल सुरुछ।रोल्पाका झक्कु पोख्रेल ठूलो ज्यानको मान्छे काचो मूला खाएको खाइ छन।हामीलाई जस्तै भोक लागेर त होला। नारायण सापकोटाको तेह्रथुम गएको टोली,रमेश घिमिरेको इलाम गएको टोली , कृष्ण तिवारीको झापाको टोली,सुनसरीको पुष्कर सापकोटाको टोली सबै धरानको धर्मशालामा जम्मा भयौं । अर्को दिन धरानको छाता चोकमा विरोध सभा भयो।पूर्बी नेपालका मसालका नेत

धरानको छाता चोकमा विरोध सभा भयो।पूर्बी नेपालका मसालका नेता मेघराजजी ,विद्यार्थी नेता गगन पुरी सहित प्रहरी सितझडप भयो।

धरानमा केन्द्रीय उपाध्यक्ष शुभासचन्द्र बन्जाडेको अध्यक्षतामा बैठक बसेर कृष्ण अधिकारीको फोटो सहितको पोष्टर छपाउने र देश भरी टास्ने निर्णय भयो।
पैसाको खडेरी थियो।बाटोमा फर्कदा सिराहा ,धनुषा तिर दस बाह्र रुपैयाको केराले पेट भरिने सजिलो भयो।केराले छाक टार्दै बुटवल आइयो।कृष्ण अधिकारी र मातृका राईलाई धनकुटा जेलमा छाडेर हामी दशैमा घरतिर गयौ। बुटवल हुदैतानसेन आए । विद्ध्यार्थी सङ्गठनमा काम गर्दाका यस्ता दर्जनौं अनुभबहरुछन।समयले साथ दियो भने लेख्दै जानू पर्ला।

ए साच्ची ! एउटा रमाइलो कुरा पनि छ। विराटनगरको प्रशिक्षणमा जादा चित्रबहादुर के सीले काठमाडौबाट आँखा पका बिमार लिएर जानू भएको थियो।केशब नेपाल भन्दै हुनुहुन्थ्यो।मलाई त यो देखे सरि हाल्छ।तुरुन्तै सरिहालेछ।पालै पालो आँखा पाक्दै गयो। धनकुटामा हिड्दा हिड्दै कमला थापालाई आँखा पाक्यो।त्यति भए पछि हासो गर्न खोटाङे लोकेन्द्रलाई पुगि हाल्यो।मगरका लिपिएका आँखा झन लिपियो भन्छन।कति हास्नु ?अर्कोको सन्चो हुन्छ फेरि हास्ने पालो अर्कोको।

आज पनि त्यो स्पृट चाहिएको छ।विद्यार्थी दिवसले विद्यार्थी साथीहरुमा त्यो भावना,जोस जागर देवस ,शुभकामना छ।

धरानमा केन्द्रीय उपाध्यक्ष शुभासचन्द्र बन्जाडेको अध्यक्षतामा बैठक बसेर कृष्ण अधिकारीको फोटो सहितको पोष्टर छपाउने र देश भरी टास्ने निर्णय भयो।
पैसाको खडेरी थियो।बाटोमा फर्कदा सिराहा ,धनुषा तिर दस बाह्र रुपैयाको केराले पेट भरिने सजिलो भयो।केराले छाक टार्दै बुटवल आइयो।कृष्ण अधिकारी र मातृका राईलाई धनकुटा जेलमा छाडेर हामी दशैमा घरतिर गयौ। बुटवल हुदैतानसेन आए । विद्ध्यार्थी सङ्गठनमा काम गर्दाका यस्ता दर्जनौं अनुभबहरुछन।समयले साथ दियो भने लेख्दै जानू पर्ला।

ए साच्ची ! एउटा रमाइलो कुरा पनि छ। विराटनगरको प्रशिक्षणमा जादा चित्रबहादुर के सीले काठमाडौबाट आँखा पका बिमार लिएर जानू भएको थियो।केशब नेपाल भन्दै हुनुहुन्थ्यो।मलाई त यो देखे सरि हाल्छ।तुरुन्तै सरिहालेछ।पालै पालो आँखा पाक्दै गयो। धनकुटामा हिड्दा हिड्दै कमला थापालाई आँखा पाक्यो।त्यति भए पछि हासो गर्न खोटाङे लोकेन्द्रलाई पुगि हाल्यो।मगरका लिपिएका आँखा झन लिपियो भन्छन।कति हास्नु ?अर्कोको सन्चो हुन्छ फेरि हास्ने पालो अर्कोको।

आज पनि त्यो स्पृट चाहिएको छ।विद्यार्थी दिवसले विद्यार्थी साथीहरुमा त्यो भावना,जोस जागर देवस ,शुभकामना छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित लेख

© 2021 Rastiya News All right reserved Site By : Himal Creation